
काठमाडौँ – देशका पहाडी भूभागहरुमा आंशिक बदली रहे पनि बाँकी भूभागमा शुक्रबार दिउँसोको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावाना रहेको मौसमविदले बताएका छन्।
शुक्रबार राति पनि पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रदेश १ का एक–दुई स्थानमा राति पनि हल्का वर्षाको सम्भावाना छ ।
अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।