भीरको बाटोमा हातखुट्टा टेकेर सुरक्षा गस्ती

भीरको बाटोमा हातखुट्टा टेकेर सुरक्षा गस्ती
+
-

हिल्सा – उत्तरी क्षेत्रका सीमा स्तम्भहरुको सुरक्षाका लागि गस्तीमा जाने सुरक्षाकर्मीहरुले ज्यानको जोखिम उठाउनु परेको छ। गोरेटो बाटो पहिरोमा पुरिएपछि बाटो नहुँदा अप्ठ्यारो भीरबाट यात्रा गर्नुपरेको हो।

हप्ताको एक पटक हिल्साबाट किट क्षेत्रमा रहेका सीमा स्तम्भहरुको निरीक्षण गर्न गस्ती जाँदा सुरक्षाकर्मीलाई भीरको बाटोमा ज्यानको जोखिम उठाएर जानु पर्ने बाध्यता रहेको सीमा सुरक्षा पोष्ट हिल्साका सशस्त्र प्रहरी नायव निरीक्षक इस्वरीराज न्यौपानेले बताए ।

तल दुई देशको सिमानामा पर्ने कर्णाली नदी किनाराको भीरको बाटोमा आङै जिरिङ्ग गर्ने गरि चारै हात खुट्टा टेकेर गस्ती जानु परिरहेको उनले बताए।

गस्ती जानै पर्ने भएको र अन्य विकल्प नभएको कारण सुरक्षाकर्मीले उक्त भीर र चट्टानी बाटोमा हिँड्नु परेको हो। सीमा प्रहरी चौकी हिल्साका इन्चार्ज प्रहरी नायव निरीक्षक जंगबहादुर आलेले पनि पहिरो गएको जमिन माथि चार हात खुट्टा टेकेर गस्ती गरिरहनु परेको बताए।

केही गरी भीरमा चिप्ले कर्णाली नदीमा पर्ने निश्चित भएकोले सुरक्षाकर्मीलाई डर रहेको उनले बताए।

केही दिन अगाडि सीमा स्तम्भहरुको अनुगमनमा पुगेका कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले पनि उक्त भीर र चट्टानी ढुङ्गाको बाटो हिँडेर सीमास्तम्भ हेरेको बताए ।

समयमै सडक निर्माण नभए दुर्घटना हुने संभावना रहेको उनले बताए। सुरक्षा निकायका इन्चार्जहरुले सो क्षेत्रमा सडक निर्माण गरि दिन तीनै तहका सरकारसँग आग्रह गरेका छन्।

हिल्साबाट किट क्षेत्रतर्फ नेपाली भूभागमा दुई किलो मिटर सडक निर्माण गर्नुपर्ने देखिन्छ । यस क्षेत्रमा नेपाल र चीनको सिमानामा सात वटा सिमा स्तम्भहरु पर्छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?