नेकपाका कार्यकर्ताको आपसी झडपमा घाइते भएका चौरसियाको मृत्यु

नेकपाका कार्यकर्ताको आपसी झडपमा घाइते भएका चौरसियाको मृत्यु
+
-

वीरगञ्ज – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का कार्यकर्ताहरुको आपसी विवाद हुँदा झडपमा परि घाइते भएका मुकेश चौरसियाको मृत्यु भएको छ ।

घाइते चौरसियाको उपचारको क्रममा शुक्रबार बिहान साढे ९ बजे न्युरो अस्पताल वीरगञ्जमा मृत्युु भएको पर्साका प्रहरी प्रबक्ता एवं डीएसपी मनोजित कुवरले जानकारी दिए।

मृतक चौरसिया नेकपाकै कार्यकर्ता थिए ।बिहिवार दिउँसो पर्साको बिन्दवासिनी गाउँपालिका ५ प्रसौनी भाटामा नेकपाका कार्यकर्ताबीच आपसी विवाद झडपमा परिणत भएपछि चौरसिया गम्भीर घाइते भएका थिए ।

प्रसौनी भाटामा नव गठित नेकपाको गाउँपालिका समितीको शपथ ग्रहण कार्यक्रम राखिएको थियो। सोही विषयलाई लिएर नेकपाका कार्यकर्ताबीच बाटोमा नै झडप हुँदा चौरसियाको टाउकोमा गम्भीर चोट लागेको थियो ।

यसैबीच घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ का हनिश मिया,देवा सहनी र वडा नम्बर ५ प्रसौनीका शोकदिन गद्दी रहेको पर्सा प्रहरीले जनाएको छ ।

यसअघि बिहीबार राति नै ७ जना पक्राउ परेकोमा ४ जनाको संलग्नता नरहेकोले उनीहरुलाई राती नै छाडिएको प्रहरीले जनाएको छ । चौरसियाको कुटपिट गरि हत्या गरिएकोले कर्तव्य ज्यान मुद्दा दर्ता गरि कार्वाही गरिने प्रहरी प्रबक्ता कुवरले बताए ।

घटनामा संलग्न रहेका अन्यको खोजी तथा थप अनुसन्धान जारी रहेको उनको भनाइ छ। मृतक चौरसिया नयाँ गठन भएको नेकपाको गाउँपालिका समितिका सचिव थिए । उनी पूर्व माओवादी तर्फका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?