किसानका खसीबोका काठमाडौँमा, छैन पहिले जस्तो चहलपहल

किसानका खसीबोका काठमाडौँमा, छैन पहिले जस्तो चहलपहल
+
-

काठमाडौँ– काठमाडौँ उपत्यकामा यसपटक किसानले ल्याएका खसीबोका न्यून देखिएका छन्। कोभिड १९ संक्रमणको जोखिमका कारण यसपटक किसानहरुले पर्याप्त संख्यामा खसीबोका बिक्रीका लागि ल्याउन सकेका छैनन्।

काठमाडौँमा नजिकका जिल्लाहरु धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलान्चोक लगायतका जिल्लाबाट किसानहरुले सिधै खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन्।

शुक्रबार काठमाडौँका मुख्य चोकहरुमा पुग्दा किसानहरुले खसीबोका बिक्रीका लागि राखेको देखिन्छ। तर यसपटक गत वर्ष जस्तो व्यापार नभएको किसानहरुले बताएका छन्।

कोरोना संक्रमणको जोखिमका कारण पर्याप्त संख्यामा खसीबोका ल्याउनसमेत नसकेको उनीहरुले बताए। यसरी काठमाडौँ आइपुग्ने खसीबोकाको बिक्री वितरण अनौपचारीक रुपमा हुने र अन्य व्यवसायीहरुले काठमाडौँमा ल्याएर बिक्री गर्नेभन्दा सस्तोमा पाउने भएकाले पनि ग्राहकको भीड लाग्ने गरेको छ।

तर यसपटक कोरोनाको संक्रमण जोखिमका कारण ग्राहकको भीड पनि देखिएन। धेरै वर्षदेखि काठमाडौँमा यसैगरी दसैँको समयमा खसीबोका बिक्री गर्दै आएका किसानहरुले गाउँमा समेत खसीबोकाको मूल्य बढेको र पर्याप्त मात्रामा नपाइएका कारण ग्राहकले गतवर्ष भन्दा बढी मूल्य तिर्नुपर्ने बताए।

काठमाडौँमा यसरी किसानले स्वयं खसीबोका बिक्री गर्दा पशुचौपायाँको बिक्री गर्दै आएका विभिन्न व्यवसायिक संस्थाहरुले भने विरोध गर्ने गरेका छन्। तर काठमाडौँका ग्राहक सिधै किसानसँग किन्न पाइने र खसीबोका निरोगी हुने साथै ठगिने डर कम हुने भन्दै आकर्षित हुने गरेका छन्।

किसानहरुले काठमाडौँमा षष्ठिको दिन खसीबोका ल्याउने र नवमीको दिनसम्म बिक्री गर्ने गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?