कोरोनाबाट दाङमा एकजना सरकारी कर्मचारीको मृत्यु

कोरोनाबाट दाङमा एकजना सरकारी कर्मचारीको मृत्यु
+
-

दाङ– दाङमा एकजना कोरोना संक्रमित सरकारी कर्मचारीको मृत्यु भएको छ।

मालपोत कार्यालय घोराही, दाङमा कार्यरत पुरुष कर्मचारीको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए।

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ दुधरास निवासी ती कर्मचारीलाई कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका थिए। बिहीबार राति एक्कासी स्वासप्रस्वासमा समस्या भएपछि कोरोना विशेष अस्पताल बेलझुण्डी पुर्‍याइएको थियो।

बेलझुण्डी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। योसँगै दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?