सुदूरपश्चिम शुक्रबार थप १३२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम शुक्रबार थप १३२ जनामा कोरोना पुष्टि
+
-

धनगढी– सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको परीक्षण गर्दा थप १ सय ३२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ११ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १४, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ४ र जिल्ला अस्पताल बझाङ प्रयोगशालामा थप ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

सेती प्रादेशिक अस्पतालमा ६ सय ८० जनाको परीक्षण गर्दा थप १ सय ११ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। श्रेष्ठका अनुसार सबैभन्दा धेरै धनगढी उपमहानगरपालिका ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढी उपमहानगरपालिकाका १६ महिला र २९ पुरुष गरी ४५ जनामा संक्रमण पुष्टि भएको उनले बताए।

यस्तै गोदावरी नगरपालिका २९ जना, कैलारी गाउँपालिकाका ६ जना, घोडाघोडी, लम्कीचुहा र टीकापुर नगरपालिकाका ३/३ जना, गौरीगंगा नगरपालिकाका २ र स्थानीय तह नखुलेका १ जनामा पनि संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।

कञ्चनपुरको वेदकोट नगरपालिकाका ५ जना, शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकाका ३/३ जनामा पनि संक्रमण पुष्टि भएको छ।

बैतडीको दशरथ चन्द नगरपालिकाका १ जना, डोटीको शिखर नगरपालिका र केआइसिंह गाउँपालिकाका १/१ जना, कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका १ जना र स्थानीय तह नखुलेका कञ्चनपुरकै १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ। संक्रमित मध्ये ७ हजार ५ सयभन्दा बढी डिस्चार्ज भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?