यो वर्ष हुम्लाका स्वास्थ्यकर्मीको दसैँ अस्पतालमै

यो वर्ष हुम्लाका स्वास्थ्यकर्मीको दसैँ अस्पतालमै
+
-

सिमकोट– हुम्लाका स्वास्थ्यकर्मी यसपालीको दसैँमा २४ घण्टा ड्यूटीमा खट्ने भएका छन्। कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै  स्वास्थ्य सेवा कार्यालयले यस्तो व्यवस्था गरेको हो।

अस्पताल शाखाका चिकित्सक टली जाङ्जु लामाले दसैँ महान पर्व भएपनि अहिलेको विषम परिस्थितिले गर्दा २४ घण्टा ड्यूटीमा खट्नुपर्ने र त्यही अनुसारको व्यवस्था गरिएको बताए।

यसका लागि चिकित्सकहरु टली जाङ्जु लामा, नविन रोकाया र अन्य १३ जना नर्सिङ स्टाफ र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ।

उनले जिल्लाका कुनै पनि क्षेत्रमा जानुपर्ने भएमा कोरोनाविरुद्धका उपकरणहरु सहित स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको जानकारी दिए। कोरोना संक्रमणका घटना र अन्य आपतकालिन बिरामी आउने कुरालाई पनि ध्यानमा राखेर उपचारको व्यवस्था गरिएको हो।

जिल्ला बाहिरका चिकित्सक र स्वास्थ्यकर्मी घरतिर लागेपनि स्थानीय स्वास्थ्यकर्मीहरु उपचारमा संलग्न हुनेछन्। कुनै भिडभाड नगरी टिका सामान्य रुपमा अस्पतालमै लगाउने कार्यक्रम स्वास्थ्यकर्मीले तय गरेका छन्।

कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेकी अनमी सरिता बोहराले कोठाबाटै फोनबाट खटनपटन र अन्य स्वास्थ्यकर्मीलाई सल्लाह दिने गर्दै आएकी छन्। निमित्त कार्यालय प्रमुखसमेत रहेकी उनले कोरोना संक्रमण देखिए पनि कुनै लक्षण नदेखिएपछि होम आइसोलेसनबाटै काम गर्ने गरेको बताइन्।

कोरोनाका कारण अस्पतालमा भएका चिकित्सक तथा स्वास्थ्यकर्मी दसैँमा उपचारका लागि तयारी अवस्थामा रहने उनले बताइन्। अहिलेको अवस्थामा पेशागत धर्मअनुसार दसैँभन्दा पनि सेवामा लाग्नु उपयुक्त हुने बताउँदै बोहराले स्वास्थ्यकर्मीको व्यक्तिगत समय नहुने बताइन्।

स्वास्थ्यकर्मीलाई जिल्लाका प्रत्येक गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा तयारी अवस्थामा रहन पनि स्वास्थ्य सेवा कार्यालयले पत्राचार गरेको छ।

खार्पुनाथ गाउँपालिकाले पनि दसैँको बिदाभरि स्वास्थ्यकर्मीहरुलाई ड्यूटीमा खटाउने व्यवस्था गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक वलीराज शाहीले बताए। यसअघि उक्त गाउँपालिकाले शनिबार पनि सेवा सुचारु राख्दै आएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?