
साबिक विजेता लिभरपुलले सुरुमा पछि परे पनि इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पुनरागमन गरी जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई २-१ ले पराजित गरेको हो ।
१३ औँ मिनेटमा पाएको पेनाल्टीमा बेर्गेले गोल गरी शेफिल्ड युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए । तर ४१ औँ मिनेटमा रोबर्टो फिरमिनोले लिभरपुलका लागि बराबरी गोल गरे ।
६४ औँ मिनेटमा जोटाले गोल गरेपछि लिभरपुलले २-१ को जित निश्चित गरेको हो । जितपछि ६ खेलबाट १३ अंक जोडेको लिभरपुल एस्टन भिल्लालाई पछि पारी दोस्रो स्थानमा उक्लिएको छ ।
लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले गोल रहित बराबरी खेलेर अंक बाँडेका छन् । म्यानचेस्टर सिटी पनि वेष्ट ह्याम युनाइाटेडसँग १-१ को बराबरीमा रोकियो । क्रिष्टल प्यालेसले फुलह्यामलाई २-१ ले पराजित गरेको छ ।