पिएसजीको शानदार जित, मोइज किन र एमबाप्पले गरे गोल

पिएसजीको शानदार जित, मोइज किन र एमबाप्पले गरे गोल
+
-

साबिक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शानदार जित दर्ता गरी शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीले डिजोनलाई ४-० ले पराजित गरेको हो । पिएसजीका लागि मोइज किनले दुई तथा केलियन एमबाप्पेले दुई गोल गरे ।

किनले पिएसजीबाट आफ्नो पहिलो र दोस्रो गोल शनिबार रातिकै खेलमा गरेका हुन् । उनले बाकेरको सहयोगमा तेस्रो मिनेटमा नै गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए । २३ औँ मिनेटमा नेइमारको सहयोगमा उनले व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।

नेइमारले ८२ औँ मिनेटमा एमबाप्पेका लागि गोल गर्न सहयोग गरे । एमबाप्पेले सराबियाको सहयोगमा ८८ औँ मिनेटमा गोल गरेपछि पिएसजीले ४ ० को शानदार जित दर्ता गर्न सफल भएको हो ।

जितपछि शीर्ष स्थानमा पुगेको पिएसजीको ८ खेलबाट १८ अंक भएको छ । दोस्रो स्थानको लिलेको सात खेलबाट १७ अंक छ ।

लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा लोरियन्ट मार्सेइलीसँग १ ० ले पराजित भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?