
किंग्स इलाभेन पञ्जाबले आइपिएल अन्तर्गत शनिबार राति भएको खेलमा सनराइजर्स हैदराबादविरुद्ध रोमाञ्चक जित निकालेको छ।
दुबईमा भएको यो खेलमा पञ्जाबले १२ रनको जित निकालेको हो। पञ्चाबको यो लगातार चौथौ जित हो।
पञ्जाबले हैदराबादलाई जितका लागि १२७ रनको सामान्य लक्ष्य दिएको थियो । हैदराबादको टिम १९.५ ओभरमा मात्र ११४ रन बनाएर अलआउट भयो।
अन्तिम ओभरमा हैदराबादलाई जितका लागि १४ रन आवश्यक थियो । तर उक्त ओभरमा हैदराबादले तीन विकेट गुमाएर मात्र एक रन जोड्न सक्यो।
हैदराबादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३५ रन बनाए । यस्तै विजय शंकरले २६ तथा जोनी बेयरस्टोले १९ रन बनाए । मनिस पाण्डेले १५ रन बनाए ।
पञ्जाबका क्रिस जोर्डन र अश्रदिप सिंहले ३–३ विकेट लिए । त्यस्तै मोहमद शामी, मुरुगान आश्विन र रवि बोश्नोईले एक–एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो।