
यतिबेला इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट जारी छ। गत सेप्टेम्बर १९ बाट युएईमा सुरु भएको आईपीएल आगामी नोभेम्बर १० मा सकिने छ।
यी हुन् यसपालीको आईपीएल क्रिकेटमा सर्वाधिक रन बनाउने ७ खेलाडीः
१.केएल राहुल
केएल राहुल जारी आईपीएलमा किङ्स–११ पञ्जाबको कप्तानी गरिरहेका छन्। उनी यस वर्षको आईपीएलमा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्। उनले हालसम्म ११ खेलबाट ५ सय ६७ रन बनाएका छन्। जसमा उनले एक शतक र पाँच अर्धशतक बनाएका छन् भने ४८ चौका २० छक्का प्रहार गरेका छन्।
२.शिखर धवन
शिखर धवन जारी आईपीएलमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। उनी हाल दिल्ली व्यापिटल्सबाट खेलिरहेका छन्। उनले जारी प्रतियोगितामा दुई शतक र दुई अर्धशतकको मद्दतमा ४ सय ७१ रन बनाएका छन्। जसमा उनका ५२ चौका र १० छक्का सामेल छन्।
३.मयंक अग्रवाल
मयंक अग्रवाल किङ्स–११ पञ्जाबबाट खेलिरहेका छन्। उनले यस वर्षको आईपीएलमा १ शतक र २ अर्धशतक बनाएका छन्। जसमा उनले ३९ चौका र १५ छक्का प्रहार गरेका छन्। जसबाट उनको नाममा ३ सय ९८ रन रहेको छ। उनले १० खेल खेलेका छन्।
४.श्रेयस यय्यर
श्रेयस यय्यर दिल्ली क्यापिटल्सका कप्तान हुन्। उनल ११ खेलबाट ३ सय ८२ रन बनाएका छन्। अहिलेसम्म दुई अर्धशतक बनाएका छन्। उनले २९ चौका र १० छक्का प्रहार गरेका छन्।
५.फाप डु प्लेसिस
फाप डु प्लेसिसले जारी आईपिएलमा अहिलेसम्म ११ खेलबाट ३ सय ७६ रन जोडेका छन्। चार अर्धशतक बनाएका उनले ३६ चौका र १० छक्का प्रहार गरेका छन्। उनी चेन्नई सुपर किङ्सबाट खेलिरहेका छन्।
६.डेविड वार्नर
वार्नर सनराईजर्स हैदरावादका कप्तान हुन्। उनले ३१ चौका र १० छक्काको मद्दतमा दुई ११ खेलबाट ३ सय ७० रन बनाएका छन्। उनको नाममा २ अर्धशतक छन्।
७.क्वीन्टिन डी कक
मुम्बई इण्डियन्सका ओपनिङ व्याट्सम्यान डी ककले जारी आईपीएलमा ३४ चौका र १६ छक्काको मद्दतमा ३ सय ६ रन बनाएका छन्। उनको नाममा चार अर्धशतक छन्।