
अ
+
अ
अ
-
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किङ्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। खेल युएईको दुबईमा हुँदैछ।
बैंगलोरको कप्तानी विराट कोहलीले गरेका छन् भने चेन्नईको कप्तानी महेन्द्र सिंह धोनीले गरेका छन्।
जारी आईपीएलमा १० खेलबाट १४ अंक जोडेको बैंगलोर अंकतालिकाको तेस्रो स्थानमा छ भने ११ खेलबाट ६ अंक जोडेको चेन्नई अंकतालिकाको पुछारमा छ।
यसपालीको आईपीएलमा चेन्नई प्लेअफ प्रतिस्पर्धाबाट लगभग बाहिरिसकेको छ।