रियल मड्रिडलाई उछिनेर रियल सोसिडाड पुग्यो शीर्ष स्थानमा

रियल मड्रिडलाई उछिनेर रियल सोसिडाड पुग्यो शीर्ष स्थानमा
+
-

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल सोसिडाडले हुएस्कालाई ४-१ ले पराजित गरेको छ ।

घरेलु टोली सोसिडाडको जितमा मिकेल ओयार्जाबालले दुई तथा पोर्तुगुएस म्यान्जानेरा र इसाकले एक एक गोल गरे ।

हुएस्काका लागि मिरले एक गोल फर्काएका हुन् ।

३५ औँ मिनेटमा पाएको पेनाल्टीमा ओयार्जाबालले गोल गरी रियल सोसिडाडलाई सुरुवाति अग्रता दिलाए । ४६ औँ मिनेटमा गालान गिलको सहयोगमा मिरले हुएस्काका लागि एक गोल फर्काए । गोरोसाबेलको सहयोगमा उनले ५४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

६८ औँ मिनेटमा म्यानजानेरा र ७५ औँ मिनेटमा इसाकले गोल गरे । दुवै गोलका लागि डेविड सिल्भाले सहयोग गरेका हुन् ।

यो सिजन स्वतन्त्र मूल्यमा म्यानचेस्टर सिटी छोडेर आएका ३४ वर्षे सिल्भाले गोलका लागि सहयोग गरेका हुन् । जितपछि सोसिडाड सात खेलबाट १४ अंकसहित शीर्ष स्थानमा पुगेको छ । उसले एक खेल कम खेलेको रियल मड्रिडलाई पछि पारेको हो ।

ला लिगा अन्तर्गत आइतबार राति भएका अरु खेलमा एलाभेसले रियल भालाडोलिडलाई २-० तथा ग्रानाडाले गेटाफेलाई १-० ले पराजित गरेका छन् । भिल्लारियल र काडिजले गोलरहित बराबरी खेलेर अंक बाँडेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?