
काठमाडौँ – नेपाली कला र सांस्कृति गतिविधिले विश्वका शक्ति राष्ट्रका नेपालस्थित कूटनीतिज्ञहरुलाई मोहित पार्ने क्रम पछिल्लो वर्षहरुमा स्पष्ट रुपमा देखिन थालेका छन् ।
नेपाली चाडबाड र गीत संगीतमा नेपालस्थित विदेशी कूटनीतिज्ञहरुले लगाव देखाएर कूटनीतिकसँगै सांस्कृति सम्बन्ध र समभाव दर्साउने गरेका छन् ।
यही क्रममा नेपालका लागि चिनियाँ राजदूत हउ याङ्छीले सदाबहार नेपाली लोक गीत रेशम फिरिरि गाएकी छन् ।
उनले बडादसैँको दिन सोमबार बिहान रेशम फिरिरि गीत गाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । उनले विगतमा पनि नेपाली गीतमा नृत्य गर्ने तथा विभिन्न सांस्कृतिक क्षेत्रको अवलोकन गरेका तस्बिर पोस्ट गर्ने गरेकी थिइन् ।
My colleagues and I kept practicing this Nepali song Resham Felili and finally we’ve made it! May this song bring all of you good luck and happiness!🙏
मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस! pic.twitter.com/wFN8NNbhxX— Ambassador Hou Yanqi (@PRCAmbNepal) October 26, 2020
सांस्कृतिक, जनजीविकाका गतिविधि तथा चाडपर्वलाई विशेष रुपमा मनाउने र त्यसलाईमा लगाव देखाउने कूटनीतिज्ञको सूचिमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरी अघि छन् ।
२०७७ सालको विजया दशमीको उपलक्ष्यमा म लगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं। Have a blessed & cheerful Dashain, everyone! Please stay home & safe!🙏
Here’re my memories of Dashain in 2008-19! pic.twitter.com/hVaHNJAupK— Ambassador Randy Berry (@USAmbNepal) October 26, 2020
उनले सोमबार बिहानै दसैँको शुभकामना दिएका छन् । यस्तै केही दिनअघि उनले दसैँका बेला विशेष रुपमा खाइने नेपाली परिकार खसीको मासु बनाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनले नेपालका विभिन्न क्षेत्र र त्यहाँका परिकार तथा संस्कारहरुमा आफ्नो सहभागिता र लगाव देखाउने गरेका छन् ।
विश्वतहमा प्रतिस्पर्धी रहेका अमेरिका र चीनका कूटनीतिज्ञहरु नेपालमा यहाँका कला संस्कृतिमा बरोबर लगाव देखाउने गरेका छन् ।