यो वर्ष चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीको दसैँ महँगो

यो वर्ष चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीको दसैँ महँगो
+
-

सिमकोट– दसैँमा सधैँ चिनियाँ च्याङ्ग्रा आउने हुम्लामा यसपटक चीनबाट च्याङ्ग्रा नआएपछि हुम्लीको दसैँ महँगो भएको छ। कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा स्थानीयले साईपालका खसी किन्नु पर्दा दसैँ महँगो भएको हो।

सधैँ दसैँमा च्याङ्ग्राको बली दिने लोकेन्द्र रावतले यसपटक च्याङ्ग्रा नआएपछि महँगोमा स्थानीय खसी किनेर वली दिएको बताए। १५ हजारसम्म च्याङ्ग्राको मूल्य पर्ने गरेको भएपनि स्थानीय खसी खरिद गर्नुपर्दा २२ हजार रुपैयाँ परेकोले दसैँ महँगो भएको उनले बताए।

यस्तै २५ हजार रुपैयाँमा खसी किनेका अर्का स्थानीय नन्द शाहीले यस पटकको दसैँ खर्चिलो भएको बताए। यसरी दसैँ महँगो हुनुको मुख्य कारण चिनियाँ च्याङ्ग्रा नआउनु रहेको शाहीले बताए।

दसैँमा घरघरमा वली दिनैपर्ने मान्यताको कारण पनि दसैँ महँगो भएको हो। खसी व्यापारी राछे कामीका अनुसार खसीको आकार अनुसार १५ देखि २७ हजारसम्म मूल्य परेको छ। उनले डेढ सय खसी बिक्री गरेका छन्।

 किन महँगो भए खसी?

स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भएपनि यस पटक अन्य विकल्पसमेत नहुँदा मूल्य बढेको हो। हुम्लामा दसैँका लागि बझाङ, बाजुराबाट समेत खसी ल्याइएको छ।

दसैँमा परिवारका सबै सदस्यहरु जमघट हुने भएकोले पनि महँगो मूल्य तिरेर खसी किन्नैपर्ने वाध्यातात्मक अवस्था रहेको स्थानी बताउँछन्।

किन आएनन् चिनियाँ च्याङ्ग्रा?

दसैँका बेला हुम्लीले वली दिने च्याङ्ग्रा यस पटक आउन पाएनन्। हिल्साका व्यापारी कर्म लामाका अनुसार ताक्लाकोटका च्याङ्ग्रा नआउनुको कारण कोरोना रहेको छ। कोरोनाको कारण नेपाल र चीनको सिमाना हिल्सा यस पटक बन्द रह्यो।

विगतका दसैँमा हुम्लाका गाउँघरदेखि सदरमुकामसम्म च्याङ्ग्राका बथान देखिन्थ्यो तर यसपटक त्यसका ठाउँमा खसीका बथान देखिए।

हुम्लामै च्याङ्ग्रा पालन हुने लिमीका वासिन्दाहरुले च्याङ्ग्रा पाल्न छोड्दा पनि च्याङ्ग्राको अभाव भएको हो। हुम्लामा च्याङ्ग्रा खसीको तुलनामा सस्तो पर्ने गर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?