
यतिबेला इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट जारी छ। गत सेप्टेम्बर १९ बाट युएईमा सुरु भएको आईपीएल आगामी नोभेम्बर १० मा सकिने छ।
जारी आईपीएलमा केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् भने केही खेलाडी राम्रो गर्ने कोशिस गरिरहेका छन्। कतिपय खेलाडीले व्यक्तिगत प्रदर्शन राम्रो गरेपनि टीमको प्रदर्शन राम्रो हुन सकेको छैन।
यी हन् जारी आईपीएलमा हालसम्म सर्वाधिक छक्का प्रहार गर्ने पाँच खेलाडीः
१. सञ्जु स्यामसनः सञ्जु हाल राजस्थान रोयल्सबाट खेलिरहेका छन्। उनले हालसम्म २३ छक्का प्रहार गरेका छन्। उनको नाममा १७ चाैका छन्। उनले हालसम्म ३ सय २६ रन जोडेका छन्।
२. निकोलस पुरनः किङ्स ११ पञ्जाबबाट खेलिरहेका निकोलसले हालसम्म २२ छक्का र २३ चाैका प्रहार गरेका छन्। उनको नाममा ३ सय २७ रन छ।
३. इशान किशनः मुम्बई इण्डियन्सबाट खेलिरहेका इशानले हालसम्म २० छक्का र १७ चाैका प्रहार गरेका छन्। उनको नाममा २ सय ९८ रन रहेकाे छ।
४. केएल राहुलः राहुल किङ्स ११ पञ्जाबका कप्तान हुन्। उनले हालसम्म २० छक्का र ४८ चाैका प्रहार गरेका छन्। जारी आईपीएलमा उनको नाममा ५ सय ६७ रन छ। उनी यस आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन्।
५. एबी डी भिलिर्यसः एबी रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलिरहेका छन्। उनले हालसम्म १९ छक्का र २५ चौका प्रहार गरेका छन्। उनले जारी आईपीएलमा हालसम्म ३ सय २४ रन बनाएका छन्।