प्रदेश एकमा थप २३७ जनामा कोरोना पुष्टि, ५२७ जना डिस्चार्ज

प्रदेश एकमा थप २३७ जनामा कोरोना पुष्टि, ५२७ जना डिस्चार्ज
+
-

माेरङ– धरान उपमहानगरपालिकामा १ सय ७९ सहित प्रदेश १ मा थप  २ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश १ काे सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार सुनसरीमा १ सय ८७, झापामा ३१, मोरङ र इलाममा समान ८, र प्रदेश १ बाहिरबाट ३ जनासहित २ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो।

विराटनगरस्थित मन्त्रालयका अनुसार धरान उपमहानगरपालिकामा ७४ महिला र १ सय ५ पुरुष गरी कुल १ सय ७९ जनामा संक्रमण देखिएको हो।

सुनसरीकै इटहरी उपमहानगरपालिकामा ४ महिला र ४ पुरुष गरी ८ जनामा संक्रमण देखिएको छ।

झापाको विर्तामोड नगरपालिकामा ११, कनकाई नगरपालिकामा ९, गौरीगञ्ज नगरपालिमामा ७, गौरादह नगरपालिकामा २, हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिमामा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरि मोरङको विराटनगर उपमहानगरपालिकामा २ जनामा संक्रमण देखिएको छ। मोरङकै उर्लाबारी नगरपालिकामा ४, बेलबारी नगरपालिका र पथरीशनिश्चरे नगरपालिकामा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

पहाडी क्षेत्रतर्फ इलामको रोङ्ग गाउँपालिकामा ४, इलाम नगरपालिकामा ३ र मिक्लाजुंग गाउँपालिकामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। त्यसैगरि मन्त्रालयका अनुसार प्रदेश १ बाहिरबाट ३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। यससँगै प्रदेशमा हालसम्म १७ हजार ६ सय ५१ जनामा संक्रमण देखिएको छ।

अर्कोतर्फ १ सय ९३ महिला र ३ सय ३४ पुरुष गरी कुल ५ सय २७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। जसमा मोरङमा ३ सय ३, सुनसरीबाट १ सय ६२, झापाबाट २९ र बाँकी ३३ जना अन्य स्थानबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। यससँगै प्रदेशभरबाट हालसम्म ८ हजार ६ सय ४३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार प्रदेश १ का विभिन्न ६ वटा कोभिड अस्पतालहरुमा २९ जना आईसीयु र ८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले हालसम्म प्रदेशमा ५२ महिला र १ सय १९ जना पुरुष गरी १ सय ७१ जनाको मृत्यु भएको मन्त्रालयको कोभिड १९ दैनिक प्रतिवेदनका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?