चन्द्रमाको सतहमा भेटियो पानी, जीवनको सम्भावना तर्फ नयाँ खुड्किलो

चन्द्रमाको सतहमा भेटियो पानी, जीवनको सम्भावना तर्फ नयाँ खुड्किलो
+
-

चन्द्रमाको सतहमा पानी रहेको पुष्टि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले गरेको छ । चन्द्रमाको घमाइलो सतहमा पानी उपलब्ध रहेको पुष्टि भएको नासाको भनाई छ ।

पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता रहेको वैज्ञानिकले बताएका छन् । यसअघि चन्द्रमाको अँध्यारो तथा चिसो क्षेत्रमा पानी जमेको अवस्थामा (हिउँ) पाइएको थियो ।

अहिले भने चन्द्रमाको घमाइलो सतहमा पानी र पानीका केमिकल कम्पाउण्ड भेटिएको नासाले पुष्टि गरेको हो । यसको अर्थ चन्द्रमाको घमाइलो सतहमा मानव बस्ती विकास गर्न सकिन्छ ।

अहिले नै फेला परेको पानीलाई स्रोतका रुपमा प्रयोग गर्न सकिने वा नसकिने भन्न नसकिए पनि चन्द्रमाका बारेमा थप जान्न वा सो प्रक्रियाका लागि भने अति ठूलो उपलब्धी रहेको नासाका प्रशासक जिम ब्रिडेनस्टाइनले बताएका छन् ।

अन्तरिक्ष यान स्ट्रटोस्फेरिक अब्जरभेटरी फर इनफ्रारेड एस्ट्रोनोमी (सोफिया) मा रहेको ठूलो टेलिस्कोप मार्फत गरिएको अवलोकनबाट नयाँ कुरा थाहा भएको हो । सो टेलिस्कोपबाट बाफको अवस्थामा रहेको पानी पत्ता लगाउन वैज्ञानिकलाई सहयोग मिलेको हो ।

चन्द्रमाको दक्षिणी ध्रुवमा वाटर मलिक्यूल्सहरु देखिएका हुन् । सोफियामा रहेको विशेष प्रकारको इनफ्रारेड क्यामरा मार्फत वाटर मलिक्यूल्सलाई क्याप्चर गर्न सकिएको नासाले जनाएको छ ।

एक घनमिटर चन्द्रमाको सतहमा १२ बोतल पानी बराबरको वाटर मलिक्यूल्स रहेको पाइएको नासाले बताएको छ । पत्ता लागेको पानी तरल अवस्थामा नभए पनि हिउँ बनेको अवस्थामा पनि नरहेको हो ।

पछिल्लो तथ्यांकले वैज्ञानिकले यसअघि गर्दै आएको चन्द्रमाको सतहमा पानी रहेको आंकलन पुष्टि भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?