
भारतको फरिदाबादस्थित एक कलेजको बाहिर २१ वर्षीया छात्राको गोली हानेर हत्या गरिएको छ।
टाइम्स अफ इण्डियाका अनुसार हरियाणाको फरिदाबादमा २१ वर्षीया छात्रालाई कारमा आएका अभियुक्तले सुरुमा अपहरणको प्रयास गरेका थिए।
अपहरणको योजना असफल भएपछि उनीमाथि गोली प्रहार भएको हो। ती छात्रा परीक्षा दिएर कलेजबाट बाहिरिने क्रममा गोली प्रहार गरी हत्या गरिएको खबरमा उल्लेख छ।
प्रहरीले घटनामा संलग्न दुईजनाको खोजी भइरहेको जनाएको छ। अभियुक्त मध्ये एकजना युवतीका चिनजानका व्यक्ति रहेको प्रहरीको भनाई छ।