
काठमाडौँ- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा तथा नेकपाका २ नम्बर प्रदेश कमिटी सदस्य ६९ वर्षीय मानपुर चौधरीको कोरोना भाइरसको संक्रमणका कारण निधन हुँदा आफू दुःखी भएको बताएका छन्।
प्रचण्डले विगत लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा संक्रिय चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रचण्डले ट्वीटरमा लेखेका छन्,’संविधानसभा सदस्य तथा हाम्रो पार्टीका २ नं. प्रदेश कमिटी सदस्य कमरेड मानपुर चौधरीको कोरोना भाइरसको संक्रमणका कारण असामयिक निधन भएको खबर पाउँदा दुखित छु। दिवंगत कमरेड चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु।’
चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मगंलबार निधन भएको हो।
संविधानसभा सदस्य तथा हाम्रो पार्टीका २ नं. प्रदेश कमिटी सदस्य कमरेड मानपुर चौधरीको कोरोना भाइरसको संक्रमणका कारण असामयिक निधन भएको खबर पाउँदा दुखित छु ।
दिवंगत कमरेड चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु । pic.twitter.com/1Pokypj0f4
— ☭ Comrade Prachanda (@cmprachanda) October 27, 2020