
च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले विजयी यात्रा कायम राखेको छ । समूह सी अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले मार्सेइलीलाई पराजित गरेको हो ।
अवे मैदानमा भएको खेलमा सिटीले मार्सेइलीलाई ३-० ले पराजित गरेको हो । सिटीको जितमा फेरान टोरेस, इल्केयी गुण्डोगान र रहीम स्टर्लिङ्गले गोल गरे ।
१८ औँ मिनेटमा केविन डी ब्रूयनाको सहयोगमा टोरेसले गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए । स्टर्लिङ्गको सहयोगमा ७६ औँ मिनेटमा गुण्डोगानले गोल गरे । यस्तै ब्र्रूयनाको सहयोगमा ८१ औँ मिनेटमा स्टर्लिङ्गले गोल गरेपछि सिटी ३-० ले विजयी भएको हो ।
लगातार दुई खेलमा जित निकालेको सिटी ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । सोही समूह अन्तर्गत मंगलबार राति भएको खेलमा एफसी पोर्टोले ओलम्पिकासलाई २ ० ले पराजित गरेको छ ।