दिल्लीविरुद्ध हैदराबादकाे शानदार जित

दिल्लीविरुद्ध हैदराबादकाे शानदार जित
+
-

इण्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सविरुद्ध शानदार जित निकालेको छ।

हैदराबादले दिल्ली क्यापिटल्सविरुद्ध ८८ रनको जित निकालेकाे हो । यो जितसँगै हैदराबादले आइपिएल–१३ काे प्ले अफ पुग्ने आशा जिवितै राखेको छ।

हैदराबादले मंगलबार दुबईमा भएको खेलमा दिल्लीलाई जितका लागि २२० रनको चुनौती दिएको थियो। जवाफमा दिल्लीको टिम १९ ओभर खेलेर मात्र १३१ रन बनाउँदै अलआउट भयो।

हैदराबादका राशिद खानले चार ओभरमा मात्र सात रन दिएर चार विकेट लिए । सन्दिप शर्मा र टि नटराजनले दुई–दुई विकेट लिए।

दिल्लीका लागि ऋषभ पन्तले ३६ तथा अजिंक्य रहाणले २६ रन बनाए। हैदराबादका लागि ८७ रन बनाउने ऋद्धिमान साहा म्यान अफ द म्याच बने।

जारी प्रतियोगितामा यो हैदराबादको पाँचौँ जित हो भने दिल्लीलाई पाँचौ पटक हारको झट्का लागेको छ।

दिल्ली लगातार तेस्रो खेलमा पराजित बन्न पुगेको छ। दिल्लीको टिम अंक तालिकाको तेस्रो नम्बरमा झरेको छ भने हैदराबाद छैठौँ नम्बरमा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?