प्रदेश–१ मा थप ५५६ जनामा कोरोना पुष्टि, ६९५ जना डिस्चार्ज

प्रदेश–१ मा थप ५५६ जनामा कोरोना पुष्टि, ६९५ जना डिस्चार्ज
+
-

माेरङ– प्रदेश १ मा थप ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २ सय ४२, सुनसरीमा १ सय ९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभामा ४, खोटाङ र तेह्रथुममा समान ३ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा ६४ महिला र १ सय ७ पुरुष गरी १ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ। मोरङको उर्लाबारी नगरपालिकामा १३, सुन्दरहरैंचा नगरपालिकामा १२, बेलबारी नगरपालिकामा ९, पथरीशनिश्चरे नगरपालिकामा ८, मिक्लाजुङ गाउँपालिकामा ५, बुढीगंगा गाउँपालिका र रतुवामाई गाउँपालिकामा समान ४, सुनबर्षी नगरपालिका र कटहरी गाउँपालिकामा समान ३, रंगेली, लेटांग नगरपालिका, केराबारी र कानेपोखरी गाउँपालिकामा समान २, ग्रामथान र जहदा गाउँपालिकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा ९७, धरान उपमहानगरपालिकामामा ६६, इनरुवा नगरपालिकामा २१, दुहवी, रामधुनी नगरपालिका र गढी गाउँपालिकामा समान ३, बराहक्षेत्र नगरपालिकामा २, बर्जु, देवानगञ्ज, कोशी र भोक्राहानरसिंह गाउँपालिकामा समान १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरि झापाको दमक नगरपालिकामा २७, मेचीनगर नगरपालिकामा ११, गौरादह र विर्तामोड नगरपालिकामा समान १०, शिवसताक्षी नगरपालिकामा ५, कमल गाउँपालिकामा ३, अर्जुनधारा, कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा समान २, भद्रपुर नगरपालिका र बाह्रदशी गाउँपालिकामा समान १ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोटिटिभ आएको छ।

उदयपुरको चौदण्डीगढी नगरपालिकामा ३, कटारी नगरपालिकामा २ र त्रियुगा नगरपालिकामा १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

धनकुटाको धनकुटा नगरपालिकामा ३, साँगुरीगढी र छथर गाउँपालिकामा समान १, संखुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा समान २, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १ र स्थानीय तह नखुलेका २, तेह्रथुमको लालीगुराँस नगरपालिकामा २ र म्याङलुङमा १ र प्रदेश १ बाहिरका १७ जनाको रिपोर्ट पोजिटिभ आएको छ। यससँगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १८ हजार २ सय ५० पुगेको छ।

यस्तै प्रदेश १ मा बुधबार ६ सय ९५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। प्रदेश १ का विभिन्न स्थानका होमआइसोलेसनबाट ६ सय ८०, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ र झापाको मेची अस्पतालबाट ४ जना डिस्चार्ज भएका हुन्। हालसम्म प्रदेशमा १० हजार १ सय ३८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेशमा बुधबार १ हजार २ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २ सय १९ महिला र ३ सय ३७ जनाको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ५६ हजार ५ सय ४६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?