
काठमाडौँ– नेपाली र्यापर समिर घिसिङ (भिटेन) को नयाँ र्याप पारा गीत सार्वजनिक भएको ५ दिनमा नै १ नम्बर ट्रेन्डिङमा आइपुगेको छ।
भिटेनले यो गीत आफ्नो प्रोजेक्ट ‘साइको श्रृंखला २’ को पहिलो गीत रहेको जनाएका छन्।
र्याप नबुझ्ने जमातको तर्फबाट आउने प्रतिक्रियाकाे जवाफ जस्तो सुनिने यो र्याप २४ अक्टोबरमा सार्वजनिक भएको थियो।
र्यापका शब्दहरुमा र्याप नबुझेर प्रहरी फन्दामा परेको समयको अनुभूतिहरु समावेश गरिएका छन्। यो भिडियो संवेदनशील भएको उल्लेख गरिएको छ। गीतमा केही अश्लील शब्दहरुकाे पनि प्रयाेग भएकाे छ ।
https://www.youtube.com/watch?v=VTud1gjcPnM&ab_channel=ShashwotKhadka