बलात्कार आरोपी युवक नौ महिनापछि पक्राउ

बलात्कार आरोपी युवक नौ महिनापछि पक्राउ
+
-

माेरङ– नाबालिका बलात्कार घटनाका फरार आरोपी एक युवकलाई ९ महिनापछि मोरङ प्रहरीले पक्राउ गरेको छ।

गतवर्ष माघ १५ गते राति ९ बजे मोरङको बुढीगंगा गाउँपालिकामा नाबालिकामाथि भएको बलात्कार घटनामा संलग्न १६ वर्षीय युवकलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

प्रवक्ता राईका अनुसार फरार अवस्थामा रहेका युवकलाई रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका १५ दर्खसुवाबाट पक्राउ गरिएको हो। स्थानीय कृष्ण परियारको घरमा लुकेर बसिरहेको अवस्थामा उनलाई बुधबार अपराह्न ३ बजे पक्राउ गरिएको उनले जानकारी दिए।

पक्राउ गरिएका युवकलाई आवश्यक कानुनी कारबाहीका लागि मोरङ जिल्ला अदालत बुझाउने प्रवक्ता राईले जानकारी दिए। प्रहरीका अनुसार उक्त घटनामा पाँच जना संलग्न थिए।

बुढिगंगा गाउँपालिका ६ का सन्देश लिम्बू र कुमार राईलाई यसअघि नै पुर्पक्षका लागि कारागार चलान गरिएको उनले बताए। घटनामा संलग्न अन्य दुईजना नाबालक भएको हुँदा मोरङ जिल्ला अदालतको वैशाख ३१ गतेको आदेश अनुसार परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?