
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार देशभर ३०४ जना कोरोना संक्रमितको आईसीयुमा र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३६ , प्रदेश २ मा १३, बागमतीमा १८४ , गण्डकीमा १३, लुम्बिनीमा ४९, कर्णालीमा ४ र सुदूरपश्चिममा ५ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ।
यस्तै प्रदेश १ मा १० , प्रदेश २ मा २, बागमती प्रदेशमा ५७, गण्डकी प्रदेशमा २ र लुम्बिनी प्रदेशमा ५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।
यसअघि बुधबारसम्म देशभर २९० जना कोरोना संक्रमितको आईसीयुमा र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो।