कोरोनाबाट बाँकेमा दाङका एक पुरुषको मृत्यु

कोरोनाबाट बाँकेमा दाङका एक पुरुषको मृत्यु
+
-

नेपालगञ्ज– कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ।

कात्तिक ९ गते उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएका दाङका ६५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो। कार्तिक १० गते उनलाई कोरोना पुष्टि भएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनको बिहीबार दिउँसो ३ः५० बजे मृत्यु भएको हो।

हालसम्म जिल्ला बाहिरबाट उपचारका लागि आएका १७ जनाको कोरोनाबाट मृत्यु भएको श्रेष्ठले जानकारी दिए। उनका अनुसार कोरोनाबाट बाँकेका ३० जनाको मृत्यु भएको छ।

यस्तै भेरी अस्पताल नेपालगञ्जमा बिहीबार गरिएको पीसीआर परीक्षणमा थप ४३ जनामा कोरोना पुष्टि भएको छ।

अस्पतालका अनुसार एक सय ६१ जनाको परीक्षण गर्दा ४३ जनामा कोरोना पुष्टि भएको हो। भेरी अस्पतालमा हालसम्म ४५ हजार ९ सय ९० जनाको स्वाब परीक्षण भएको छ। त्यसमध्ये ३ हजार ५ सय ८ जनामा कोरोना पुष्टि भएको छ।

बिहीबार नै ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। कात्तिक ३ गते कोरोना पुष्टि भएपछि विभिन्न आइसोलेसनमा बसेका उनीहरु डिस्चार्ज भएका हुन्।

कोरोना फोकल पर्सन श्रेष्ठले अहिलेसम्म जिल्लामा २ हजार ७ सय १२ जना डिस्चार्ज भएको जानकारी दिए। अहिले दुई सय ९८ जना आइसोलेसनमा रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?