पूर्वमन्त्री वीरमणि ढकालकी पत्नीको निधन भएपछि छोरीहरु बस्दै छन् आमाको किरिया

पूर्वमन्त्री वीरमणि ढकालकी पत्नीको निधन भएपछि छोरीहरु बस्दै छन् आमाको किरिया
+
-

झापा– पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता वीरमणि ढकालकी श्रीमती लक्ष्मी ढकालको गत कात्तिक ६ गते काठमाडौंको ह्याम्स अस्पतालमा देहान्त भयो।

झापाको शनिश्चरेस्थित निवासमै श्वासप्रश्वासमा समस्या आएपछि विर्तामोडको विर्तासिटी अस्पतालमा ढकाललाई भर्ना गरिएको थियो। तर त्यहाँ तीन दिन राख्दा पनि समस्या नघटेपछि काठमाडौँ लगेर ह्याम्स अस्पतालमा उपचार गराउँदै गर्दा उनको मृत्यु भएको पूर्वमन्त्री ढकालले जानकारी दिए।

ह्याम्समा गरिएको परीक्षणमा कोभिड पोजिटिभ तथा दुईवटै फोक्सोमा संक्रमण भएको ढकालले बताए। रेम्डेसिभिर औषधि चढाउनका साथै प्लाज्मा दिँदा पनि श्रीमतीलाई बचाउन नसकिएको ढकालले बताए।

अहिले उनका दुई छोरी माइली र साइली आमाको काजकिरियामा बसेका छन्। अन्य छोरीहरूको शारीरिक असक्तता तथा विभिन्न कठिनाइका कारण माइली र साँइली छोरी मात्र किरिया बसेको ढकालले बताए।

उनले भने,  ‘मेरा छोरीहरु आमाको दशगात्र कर्म गर्न बसेका छन्। उनीहरूकी आमा लक्ष्मी ढकालले अस्ति कात्तिक ६ गते काठमाडौँको हेम्स अस्पतालमा प्राण त्याग गरिन्। उनको दशगात्रको काम गर्न शनिश्चरे घरमै बसेका छौँ। छोरीहरूको साहस, निष्ठा र ईच्छाशक्ति देखेर म गौरवान्वित हुन पाएको छु।’

पूर्वमन्त्री ढकालका छोरा छैनन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष