युरोपा लिगमा हार्यो टोटनह्याम

युरोपा लिगमा हार्यो टोटनह्याम
+
-

जोसे मोरिन्होको टिम टोटनह्याम युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा पराजित भएको छ ।

समूह चरणको पहिलो खेलमा विजयी भएको टोटनह्याम अवे मैदानमा बिहीबार राति भएको खेलमा भने पराजित भयो । बेन डेविसको गल्तीले रोयल एन्टवेर्पलाई जितका लागि सहयोग गरेको हो ।

टोटनह्यामबाट २०० औँ खेलमा सहभागी भएका बेनलाई सहजै छक्याएर डिएमरिक एमबोकानीले दिएको पासलाई लिओर रेफाएलोभले गोलमा परिणत गरेका हुन् । लिओरले २९ औँ मिनेटमा गरेको गोल नै रोयलको जितमा निर्णायक बन्यो ।

लगातार दुई खेलमा जित निकालेको रोयल ६ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ । सोही समूह अन्तर्गत भएको खेलमा एलएएसकेले लुडोगोरेट्सलाई ४-३ ले पराजित गरेको छ ।

अरु खेलमा आरजेड पेलेट्स डब्लुएसीले फेयेनूर्डलाई ४-१, रेड स्टार बेलग्राडेले स्लोभान लिबेरिकलाई ५-१, होफेनहेमले केएए जेन्टलाई ४-१, स्पोर्टिङ्ग ब्रागले जोर्या लुहान्स्कलाई २-१, एसी मिलानले स्पार्ता प्रागलाई ३-०, भिल्ला रियलले एफके क्वाराबागलाई ३-१ तथा माकाबी तेल अविवले सिभास्पोरलाई २-१ ले पराजित गरेका छन् ।

सिएसकेए मस्को र डिनामो जाग्रेबले गोलरहित बराबरी खेलेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?