ओलीले पठाए प्रदीप ज्ञवालीलाई खुमलटार, प्रचण्ड पुरानै अडानमा

ओलीले पठाए प्रदीप ज्ञवालीलाई खुमलटार, प्रचण्ड पुरानै अडानमा
+
-

काठमाडौँ- आफूसँग रुष्ट बनेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास पात्रलाई खुमलटार पठाउने सिलसिलाले निरन्तरता पाएको छ।

शुक्रबार बिहान ओलीले आफ्ना विश्वास पात्र एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई खुमलटार पठाएका छन्। ज्ञवालीले मिलेर अघि बढ्नुको विकल्प नभएको कुरा प्रचण्डलाई सुनाएका थिए।

तर प्रचण्डको सचिवालय स्रोतका अनुसार पार्टी निर्णय उल्लंघन गरिरहने अनि मिलेर जानुको विकल्प छैन भन्ने सन्देश पठाइरहने प्रवृत्तिले आफूहरुलाई एक नबनाउने ज्ञवालीमार्फत ओलीलाई सन्देश पठाएका छन्।

ओलीले यसअघि बिहीबार आफ्ना अर्का विश्वासपात्र एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई खुमलटार पठाएका थिए। पोखरेलको सन्देश पनि ज्ञवालीको भन्दा फरक थिएन।

त्यसअघि ओलीले बुधबार नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र पूर्वसभामुखसमेत रहेका सुवासचन्द्र नेम्वाङलाई खुमलटार पठाएका थिए।
मन्त्रिपरिषद् हेरफेर, कर्णाली विवाद, गोयलको नेपाल आगमन प्रकरणलगायतका कारण ओली र प्रचण्डबीच यही कार्तिक४ गतेदेखि प्रत्यक्ष संवाद भएको छैन।

ओलीले फोनमार्फत छलफलका लागि पटकपटक बालुवाटार बोलाए पनि प्रचण्डले त्यसलाई इन्कार गरेको बुझिएको छ।

यसैबीच पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अब दुई अध्यक्ष ओली र प्रचण्डले भेटेर वा उनीहरु एक्लाएक्लै छलफल गरेर मात्रै समस्या समाधान नहुने स्थितिमा नेकपा पुगेको बताएका छन्।

 

यो पनि पढ्नुहोस्

आफूलाई मनाउन ओली‘दूत’ जुटेपछि प्रचण्डद्वारा आन्तरिक छलफल तिब्र

आफूलाई मनाउन ओली‘दूत’ जुटेपछि प्रचण्डद्वारा आन्तरिक छलफल तिब्र

प्रचण्ड-नेपाल पक्षद्वारा ओलीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी!

प्रचण्ड-नेपाल पक्षद्वारा ओलीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी!

कटुता झाँगिएपछि प्रचण्डलाई मनाउन ओलीले झिकाए प्रदेशका आफ्ना योद्धाहरु

कटुता झाँगिएपछि प्रचण्डलाई मनाउन ओलीले झिकाए प्रदेशका आफ्ना योद्धाहरु

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष