पछिल्ला ५ खेल जितेको पञ्जाब राजस्थानसँग भिड्दै, प्लेअफमा पुग्न यो खेल जितेर मात्र पुग्दैन

पछिल्ला ५ खेल जितेको पञ्जाब राजस्थानसँग भिड्दै, प्लेअफमा पुग्न यो खेल जितेर मात्र पुग्दैन
+
-

इन्डियन प्रिमियर लिग-आईपीएलको यो सिजन पहिलो चरण अन्तिम अवस्थामा पुगिरहेका बेला टोलीहरुलाई प्लेअफमा स्थान बनाउने चटारो छ। प्लेअफमा पुग्ने चारमध्ये तीन टोलीको टुंगो लाग्न बाँकी छ।

१२ खेलबाट १६ अंक भएको साविक विजेता मुम्बई इन्डियन्स प्ले फमा पुगिसकेको छ भने उसले पहिलो चरणमा अझै २ खेल खेल्न बाँकी छ। १२ खेलपछि दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरको समान १४ अंक छ। चौथो स्थानमा रहेको किङ्स इलेभेन पन्जाबको १२ अंक छ। पाचौँ स्थानको कोलकाता नाइट राइडर्सको १३ खेलबाट १२ अंक छ।

१४ खेलपछि शीर्ष चार टोली प्लेअफमा पुग्ने हुँदा यतिबेला दिल्ली, बैंगलोर, पन्जाब र कोलकाता त्यसका लागि प्रयास गर्दैछन्। यहि समिकरणबीच शुक्रबार साँझ पन्जाबले राजस्थान रोयल्ससँग खेल्दै छ। पन्जाबले प्रतियोगितामा पछिल्ला पाँच खेल जितेको छ। राजस्थानलाई हराउन सके पन्जाब शीर्ष चारभित्र अटाउन सक्ने सम्भावना बलियो हुनेछ।

कोलकाताले अन्तिम खेलमा हार ब्यहोरे दिल्ली र बैंगलोर बाँकी दुवै खेलमा पराजित भएपनि प्लेअफमा पुग्नेछन्। त्यस्तो अवस्थामा पन्जाबले भने दुईमध्ये कम्तिमा एउटा खेल जित्नुपर्ने छ अगाडि बढ्न।

प्रतियोगिताको यो सिजन पन्जाबका ब्याट्सम्यान केएल राहुल शानदार लयमा छन्। उनले १२ खेलमा एक सतक र पाँच अर्धसतकसहित पाँच सय ९५ रन बनाएका छन्। उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा शीर्षस्थानमा छन्।

पन्जाबकै मयंक अग्रवालले तीन सय ९८ रन बनाएका छन्। निकोलस पुरनले पनि तीन सय २९ रन बनाएका छन्। राजस्थानका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान सन्जु सामसन हुन्। उनले तीन सय २९ रन बनाएका छन्।

पन्जाबका बलर मोहम्मद सामीले यो सिजन आईपीएलमा २० विकेट हात पारेका छन्।  सर्वाधिक विकेट लिने बलरको सूचीमा दिल्लीका कागिसो राबडा २३ विकेटसहित शीर्षस्थानमा छन्। मुम्बई इन्डियन्सका जसप्रित बुमराहले पनि २० विकेट लिएका छन्। राजस्थानका जोफ्रा आर्चरले १७ विकेट लिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?