
जनकपुरधाम– प्रदेश २ मा ५९ जना कोरोना संक्रमित थपिएका छन्। शुक्रबार ११ महिला र ४८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ५ सय ६२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त प्रमुख विजय झाले जानकारी दिए।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिरहामा १५, धनुषामा १३, सप्तरीमा ११, पर्सामा ८, महोत्तरीमा ६, बारामा ५ र रौतहटमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको निमित्त प्रमुख झाले बताए।
त्यस्तै आज यस प्रदेशमा ४ सय ४८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। यससँगै निको हुनेको संख्या १४ हजार १ सय ४६ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ। हालसम्म १२ हजार २ सय ६७ पुरुष र १ हजार ८ सय ७९ महिला कोरोनामुक्त भएका छन्। शुक्रबार सिरहामा ४ सय ४२, सप्तरीमा ५ र पर्सामा १ जना कोरोना संक्रमित निको भएका छन्।
प्रदेश २ मा आज कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। कोरोना संक्रमणबाट हालसम्म यस प्रदेशमा १ सय ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।