
चर्चित बलिउड अभिनेत्री काजल अग्रवाल शुक्रबार विवाह बन्धनमा बाधिँदैछिन्।
प्रेमी गौतम किट्च्लुसँग उनको विवाह हुन लागेको हो। मुम्बईस्थित ताज होटलमा हुने विवाह समारोहमा निकै कम संख्यामा पाहुनालाई बोलाइएको छ।
यसअघि बिहीबार मेहन्दी लगाइएको गतिविधीका तस्विर ३५ वर्षीया काजल आफैले सामाजिक सन्जालमा पोष्ट गरेकी थिइन्। उधोगी किट्च्लुसँग आफ्नो विवाह हुन लागेको बारे काजलले तीन साताअघि सार्वजनिक गरेकी थिइन्।
मोडलिङबाट सिने क्षेत्रमा प्रवेश गरेकी काजलले थुप्रै दक्षिण भारतीय फिल्म खेलेकी छिन्। उनले अभिनय गरेका केहि बलिउड सिनेमाले पनि उल्लेख्य आम्दानी गरेका छन्। काजलले यसबीचमा गायन क्षेत्रमा समेत हात हालेकी थिइन्। तेलेगु फिल्मका लागि चारपटक फिल्म फेयर अवार्डका लागि मनोनयनमा परेपनि उनले यो अवार्ड जित्न सकेकी छैनन्।
सन् २००४ मा बलिउड फिल्म ‘क्युँ हो गया’ खेलेर सिनेमा क्षेत्रमा प्रवेश गरेकी काजललाई सन् २००९ मा प्रदर्शनमा आएको ऐतिहासिक घटनामा आधारित तेलुगु फिल्म मागधिराले नयाँ उचाई दिएको थियो।