विराटनगरको शहिद मैदानमा ‘फ्लड लाईट’ जडान कार्य अन्तिम चरणमा

विराटनगरको शहिद मैदानमा ‘फ्लड लाईट’ जडान कार्य अन्तिम चरणमा
+
-

मोरङ– विराटनगरको शहिद मैदानमा ‘फ्लड लाईट’ जडान कार्य अन्तिम चरणमा पुगेको छ। गत वर्ष असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनबीच फ्लड लाईट जडान कार्यका लागि ४ करोड २९ लाख रुपैयाँमा सम्झौता भएको थियो।

पहिलो सम्झौता अनुसार २ सय १० दिनभित्र लाईट जडान भइसक्नु पर्ने थियो। तर प्राविधिक कारण देखाउँदै जडान कार्यको समय थप गरिएको हो। यसपटक भने आउँदो पुष मसान्तसम्ममा जडान कार्यले पूर्णता पाउने भएको छ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पुषभित्र लाईट जडान भइसक्ने बताएका छन्। शुक्रबार शहिद मैदानमा लाईटको लागि आवश्यक सामाग्री भित्रिएपछि निरीक्षणका लागि पुगेका मन्त्री घिमिरेले समयमै लाईट जडान गरी खेलुकदलाई चलायमान बनाउनेतर्फ उन्मुख रहेको बताए।

यस्तै कार्की बन्धुका प्रमुख गणेश कार्कीले दुई पटक प्राविधिक रुपमा कार्य सम्पन्न गर्न सकस परेको बताए। यद्यपि हाल थप गरिएको निर्धारित समयभन्दा अघि नै जडान कार्यले पूर्णता पाउने बताँउछन्।

भारतको गुजरातमा बनेको लाईट जडानका लागि आवश्यक दक्ष कर्मचारी आउन बाँकी रहेको कार्कीले बताए। उनका अनुसार सम्भवतः मंगलबारबाट लाइट्सको मास्ट जडान गरिनेछ। कार्कीका अनुसार मैदानको चार कुनामा जडान हुने १ सय ८ फिट अग्लो मास्टमा १ सय ८ वटा बल्व लाग्नेछन्। प्रत्येक मास्टमा १ हजार वाटका २७ वटा बल्व लाग्नेछन्। हाल मास्ट र अन्य सामाग्री आएको भएपनि त्यसमा लाग्ने बल्व भने भारतीय भन्सारमा नै रहेकोछ।

त्यसैगरि मैदानको प्याराफिट अगाडिबाट लाईट जडान हुनेप्रति खेलकुदका पदाधिकारी भने असन्तुष्ट रहेका छन्। फुटबलमा लामो समय बिताएका पूर्व खेलाडीका अनुसार प्याराफिट बाहिर जडान नहुँदा भोलीका दिनमा समस्या हुने बताउँछन्।

२०७४ साल चैत्रमा निजी क्षेत्रको पहलमा पहिलो पटक अस्थायी लाईट जडान गरी रातीको समय विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेका थिए। त्यसपछि २०७५ साल फागुनमा पहिलो पटक यसै मैदानमा साफ महिला फुटबल च्याम्पियन्सीपको पाँचौ संस्करणको आयोजना गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?