आइसोल‍ेसनमा बेचैन कोरोना संक्रमित रोनाल्डो!

आइसोल‍ेसनमा बेचैन कोरोना संक्रमित रोनाल्डो!
+
-

कोरोना संक्रमण पुष्टि भएपछि यतिबेला कीर्तिमानी फुटबलर क्रिस्टियानो रोनाल्डो आइसोलेसनमा छन्।

उनी स्वास्थ्य लाभको समय कुरिरहेका छन्। यो संकटमा रोनाल्डोले जीवन दर्शनका बारेमा बुझिरहेको उनका सामाजिक सञ्जालका निरन्तरका पोष्टहरु बाट बुझ्न सकिन्छ।

मसिनोसँग कपाल काटेका रोनाल्डोको ‘लुक्स’ फरक देखिन्छ। गत साता उनले ट्वीटरमा एउटा ट्वीट गरेका थिए- सफलताको मापन के प्राप्त गर्‍यौ भन्नेबाट हैन कि कस्ता समस्याहरुलाई पन्छायौ भन्नेबाट हुन्छ।

दुई दिनअघि उनले दुई वटा ट्वीट लेखेका छन्। पहिलोमा लेखिएको छ- राम्रो र स्वस्थ अनुभव गर्दै। राम्रो गर युभेन्ट्स।

लगत्तै आफ्नो क्लब युभेन्ट्सको जर्सी लगाएर ब्यायाम गरिरहेको र गोल गरिसकेपछि सेलिब्रेसन गर्ने स्टाइलसहितको भिडियो पोष्ट गर्दै उनले अर्को ट्वीट गरेका थिए।

त्यस दिन साँझ रोनाल्डो आबद्ध युभेन्ट्सले युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनासँग खेल्दै थियो। दुर्भाग्य, युभेन्ट्सले त्यस खेल २-० गोलले हार्‍यो। पक्कैपनि युभेन्ट्सलाई रोनाल्डोको अभाव खड्किएको हुनुपर्छ।

शुक्रबार रोनाल्डोले आफ्नो पछिल्लो तस्विरसहित ट्वीटरमा लेखेका छन्- काइजेन फिलोसोपी।

जापानी भाषामा यसको अर्थ हुन्छ निरन्तर सुधार। सायद, रोनाल्डो यो समयमा सम्पुर्ण कोरोना संक्रमितको मनोबल उच्च बनाउन चाहन्छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?