उपचार गरेर छाडिएको हात्ती अन्ततः मृत फेला पर्‍यो, दाह्रा काटिएको फेला

उपचार गरेर छाडिएको हात्ती अन्ततः मृत फेला पर्‍यो, दाह्रा काटिएको फेला
+
-

झापा– झापाका सामुदायिक वनहरूमा विगत लामो समयदेखि घाइते अवस्थामा हिँडिरहेको एउटा वयस्क हात्तीलाई उपचार गराएर जंगलमा छाडिए पनि अन्ततः उक्त हात्ती शुक्रबार मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ।

झापाका मानिसहरूले ‘त्यो हात्तीको एउटा आँखा छैन’ भन्थे।

मेचीनगर नगरपालिकाको क्षेत्रभित्र रहेका सामुदायिक वन नजिकका स्थानीयबासीले उक्त हात्ती नजिक आए एक किसिमको कुहिएको गन्ध आउने गरेको गुनासो डिभिजन वन कार्यालय झापामा राखेका थिए।

उक्त हात्तीको उपचार गर्न चितवनबाट टोली मगाएर उपचार गरिएको थियो। घरेलु हतियारका चोटैचोट बोकेको उक्त हात्तीलाई बचाउन नसकिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बताए।

उक्त हात्तीलाई गत असोज २२ गते उपचार गरेर जंगलमा छोडिएको थियो।

शुक्रबार झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा उक्त हात्ती मृत फेला परेको थियो।

स्थानीयवासीले शुक्रबार अपराह्न मरेको हात्ती देखेर जिल्ला वन कार्यालयमा खबर गरेका थिए।

मरेको हात्तीबाट दाह्रा भने तस्करले काटेर लगेको वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए।

उनले भने, ‘हात्ती मरेको थाहा पाएर हामी आइपुग्दा दाह्रा काटेर लगेको पाइएको छ। काटेको ठाउँ प्रस्टै देखिन्छ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष