लिमीका बालबालिकाले पहिलोपटक लगाउन पाए खोप

लिमीका बालबालिकाले पहिलोपटक लगाउन पाए खोप
+
-

लिमी – हिमालपारीको गाउँ हुम्लाको लिमीका तीनवटै गाउँका बालबालिकाले पहिलोपटक खोप लगाउन पाएका छन् ।

यसअघि स्वास्थ्यकर्मी वर्षको एकपटक उपस्थिति हुने भएपछि जनशक्ति कै अभावमा लिमीका बालबालिकाले सबै प्रकारका खोप लगाउन पाउने गरेका थिएनन् ।

यो वर्ष भने नियमित रुपमा स्वास्थ्यकर्मी बस्न थालेपछि खोप सम्भव भएको हो । दुई वर्षे छोरीकी आमा छिरिङ तामाङले आफ्नो बच्चाले पहिलोपटक खोप गत असारमा लगाउन पाएको बताइन् ।

खोप सम्बन्धी कुनै जानकारी नपाएकी उनले सुरुमा स्वास्थ्यकर्मी खोप लगाउन आउँदा मानेकी थिइनन् । सबै कुरा बुझाएपछि उनले आफ्नो बच्चालाई खोप लगाउन दिएकी हुन् ।

नेपाली राम्रोसँग नबुझ्ने लिमीका बासिन्दाले स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा नबसेकै कारण बच्चाको खोप छुटेको पनि बताउने गरेका छन् । असारयता खोप लगाउन पाएका बालबालिकाहरु लिमीमा पहिलो खोप पाउने बालबालिका हुन् ।

लिमी स्वास्थ्य चौकीमा ११ महिनाको छोरीलाई लिएर नियमित खोप लगाउनु पुगेकी लिमीको हल्जी गाउँकी कुटी तामाङले राज्यबाट निशुल्क रुपमा आउने सेवा पहिलोपटक उपभोग गर्न पाएको बताइन् । यसअघि उनका तीन बच्चा खोप नलगाएरै हुर्केका हुन् । त्यतिबेला उनलाई नियमित खोपका बारेमा जानकारी पनि रहेनछ । हल्जी गाउँमा १९ जना बालबालिका खोप लगाउने उमेरका रहेका छन् ।

स्वास्थ्य चौकी इन्चार्ज गोर्ख भण्डारीले आफूले नियुक्ति पाए लगत्तै लिमीका गाउँमा आएर नियमित सेवा प्रवाहमा लागेको बताए । लिमीका अन्य दुई गाउँ तील र जाङमा भने नियमित खोप कार्यक्रमका बेला चार घण्टा पैदल हिँडेर घरघरमा खोप लगाउन जाने गरेको उनले बताए । तीलमा खोप लगाउने उमेरका दुई र जाङ गाउँमा सातजना बालकबालिका रहेको उनले बताए ।

यसअघि बालबालिकालाई खोप त पराको कुरा सिकिस्त बिरामी हुँदा पनि लामा बसाल्ने, चीनको ताक्लाकोट वा सदरमुकाम सिमकोटबाट परीक्षण बिनै दुखाईका आधारमा औषधि झिकाएर उपचार गर्ने गरिएको थियो ।

नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखाको संयोजक नरबहादुर भण्डारीले लिमीमा खोप कार्यक्रम पहिलोपटक नियमित भएको स्वीकार गरे । अब यसलाई निरन्तरता दिनका लागि स्वास्थ्य शाखाले प्रयत्न गरिरहेको उनको भनाई छ । यसअघि जनशक्ति पनि कम भएको र भएकाहरुले पनि भनसुन तथा शक्तिका आधारमा स्वास्थ्य चौकीमा नजानाले खोप कार्यक्रम लिमीमा छुट्ने गरेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?