बाह्र हाइकु

हाम्रा आफन्त: हर्मिज र सामन्त

हाम्रा आफन्त:  हर्मिज र सामन्त
+
-

समय बित्छ

सामन्त आए गए

ऋणकाे भारी !

 

ऋणैले पेलाैँ

पेलेरै तेल झिकाैँ

जनता पिना !

 

जनता सुत्छन्

नेता लाटाेकाेसेरा

रात छिप्पिँदै ।

 

रातका ‘दूत’

देख्दा देख्दै खङ्ग्रङ्ग !

आफ्नै सामन्त !

 

हाम्रा आफन्त

हर्मिज र सामन्त

साँचाे बाेलम् त !

 

दिल्लीकाे लड्डू

खाएका’नै लठ्ठिए

आफै टुक्रिए ।

 

टुक्रे टुक्रिँदा

टुक्रैटुक्रा टाँसिन्छ

टक्टक्याउनू !

 

टक्टकिएन

सुन-थैली दाग र

रक्तिम टाटा !

 

टक्टक्याउँदा

टाटा त टनाटन

टाढै टल्किए ।

 

टाउकाे टन्क्याे

टक्सार टाट् पल्ट्याे

टाठाबाठाले।

 

टाठाे टेढिँदै

टन्न टन्किएन कि !

टुक्के टाेलायाे ।

 

टुक्के टाइम

टरेकाे कि टारेकाे?

हेर्छु टुलुलु ………!

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?