महोत्तरीमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

महोत्तरीमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
+
-

जनकपुरधाम– करेन्ट लागेर महोत्तरीमा नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। विद्युत लाईन मर्मत गर्न पोलमा चढेका नेपाल विद्युत प्राधिकरण बर्दिबासका कर्मचारीको करेण्ट लागेर मृत्यु भएको विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्रले जनाएको छ।

मृत्यु हुनेमा रौतहट पौराह नगरपालिका बसन्पट्टी घर भएका ४५ वर्षीय गौरी पण्डित रहेका छन्। पण्डित नेपाल विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्र अन्तर्गत बर्दिवास फ्यूज शाखामा ज्यालादारीमा कार्यरत थिए।

शनिबार बर्दिबास नगरपालिका वडा नम्बर १ मा विद्युत लाईन मर्मत गर्न पोलमा चढेकोमा करेन्ट लागेपछि उनलाई उपचारको लागि बर्दिबास जनसेवा अस्पताल पुर्‍याइएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुर पठाइएकोमा जानकी केयर हस्पिटलमा उपचारकै क्रममा उनको मृत्यु भएको गौशाला वितरण केन्द्रले जनाएको छ।

पण्डित करिब १० वर्षदेखि ज्यालादारी कर्मचारीको रुपमा विद्युत प्राधिकरणमा कार्यरत थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?