
मोरङ– प्रदेश १ मा थप २ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङमा १ सय २६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा ५५ महिला र ५० पुरुष गरी १ सय ५ जनामा संक्रमण देखिएको छ। मोरङको बुढीगंगा गाउँपालिकामा ५, पथरीशनिश्चरे नगरपालिकामा ४, सुन्दरहरैंचा नगरपालिकामा ३, जहदा गाउँपालिकासँगै सुनबर्षी र लेटाङ नगरपालिकामा समान २, केराबारी गाउँपालिकासँगै बेलबारी र रंगेली नगरपालिकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
सुनसरीको धरान उपमहानगरपालिकामा ३३, इटहरी उपमहानगरपालिकामा १२, इनरुवा नगरपालिकामा ७, बराहक्षेत्र नगरपालिकामा ३, दुहबी नगरपालिकासँगै बर्जु र गढी गाउँपालिकामा समान १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।
झापाको दमक र विर्तामोड नगरपालिकामा समान ६, कनकाई नगरपालिकामा ५, मेचीनगर नगरपालिकामा ४, बुद्धशान्ति गाउँपालिका र भद्रपुर नगरपालिकामा समान २, हल्दीबारी गाउँपालिका र शिवसताक्षी नगरपालिकामा समान १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएकाे मन्त्रालयले जनाएको छ।
पहाडी क्षेत्रतर्फ, इलामको इलाम नगरपालिका, माई र चुलाचुली गाउँपालिकामा समान १, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ। प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या १९ हजार १ सय ७५ पुगेको छ।
प्रदेशमा शनिबार ३२ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। विराटनगरको होटल एशियाटिक आइसोलेसनबाट १४, विराट शिक्षण अस्पतालबाट ९, न्यूरो अस्पतालबाट ५, झापाको मेची अस्पतालबाट ३, मोरङको रंगेली नगरपालिकास्थित कोभिड १९ आइसोलेसन केन्द्रबाट १ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ८ सय ५० पुगेको छ।
प्रदेश १ मा शनिबार ८ सय ३ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये १ सय ५ महिला र १ सय १७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ५९ हजार ७ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।