कम क्षमताको टावरले गस्तीमा जाने हुम्लाका प्रहरीलाई जिल्लासँग सम्पर्कमा रहनै सास्ती

कम क्षमताको टावरले गस्तीमा जाने हुम्लाका प्रहरीलाई जिल्लासँग सम्पर्कमा रहनै सास्ती
+
-

सिमकोट- जिल्ला भरिमा प्रहरी चौकीवाट गाउँ-गाउँमा गस्ती जाने प्रहरीलाई आफ्नो चौकी र जिल्लामा सम्पर्क गर्न निक्कै सास्ती हुने गरेको छ।

गाउँ गाउम्मा मोवाईल नेटवर्क नभएको ठाउँमा पनि राम्रो काम नगर्ने भएपछि प्रहरीको गस्ती टोलीलाई सम्पर्कमा रहन कठिन भएको हो।

नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा स्थापना भएको अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी हवल्दार वीर बहादुर शाहीले गाउँ गाउँमा गस्ती जाँदा सम्पर्क गर्न निक्कै कठिन हुने बताएका छन्।

प्रहरीलाई बाटोमा आउजाउका बेला कुन स्थानमा मोवाईल नेटवर्कले काम गर्छ भनेर हेर्दै जानु पर्ने अवस्था रहेको छ। जुन ठाउँमा मोवाईलको नेटवर्कले काम गर्छ, त्यतै रोकिएर मोबाइल सेटलाई टावरतिर मिलाएर सम्पर्क गर्नुपर्ने अवस्था रहेको छ।

उनले त्यो पनि गतिलो किसिमको आवाज नआउने बताए । प्रहरीलाई यस्तो समस्या बिशेष गरेर मन्त्री, सासद लगाएत उच्च ओहदाका ब्यक्तिहरु गाउँमा आउदा र केही आपत बिपद पर्दाका बेला हुने गरेको छ।

केही दिन अगाडि पुर्वमन्त्री जीवन बहादुर शाही नाम्खा गाउँपालिकाको सल्लीमा आउदा प्रहरीलाई यस्तै समस्या भोग्नु परेको थियो । इन्चार्ज शाहीले सल्लीमा एक कुनामा मोवाईल नेटवर्कले काम गर्ने भएपछि मोवाईल सेटलाई दिसा मिलाएर पुर्वमन्त्री शाहीको बारेमा जिल्लालाई जानकारी गराएको थियो ।

त्यो आवाज स्पष्ट नभएपनि पुर्ब मन्त्री शाही सल्लीमा पुगेकोसम्म जानकारी जिल्लाले पाउन सफल भएको थियो । मोवाईल सेट पनि महंगो मुल्यका भन्दा सस्तो मुल्यकाले मात्र काम गर्ने गर्छन । त्यो पनि दश पटक प्रयास गर्दा बल्ल काम गर्ने गर्छ ।

गत वर्ष नाम्खा गाउँपालिका वडा नम्बर ५ को तुम्कोटमा टिप्पर दुर्घटना ुहदा पनि प्रहरीले यस्तै समस्या भोग्नु परेको प्हरीले जनाएको छ । यो समस्या उत्तरी हुम्लामा मात्र नभएर दक्षिणी हुम्लामा पनि उस्तै रहदै आएको छ।

नेपाल टेलिकमले जिल्लाका नौ वटा नयाँ स्थानमा मोवाईल टावर राख्ने भनेको तीन वर्ष भएपनि हालसम्म ती टावरहरु स्थापना नभएको कारण यो समस्या आएको हो । नेपाल टेलिकम हुम्लामा लाइन म्यान राम बहादुर बोहराले कम क्षमता भएका टावर भएको कारण गाउँ गाउँमा यो समस्या हुने गरेको स्वीकार गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?