
अ
+
अ
अ
-
काठमाडौँ- कोरोना संक्रमणका कारण कात्तिक १३ गतेसम्म काठमाडौँ महानगरपालिकामा एक सय ४७ जनाको ज्यान गएको छ।
महानगरको शहरी स्वास्थ्य महाशाखाका अनुसार सबैभन्दा बढी वडा-४ मा १२ जनाको ज्यान गएको छ।
यसैगरी वडा-१५ मा १० जनाले ज्यान गुमाएका छन्। वडा-२४ बाहेक महानगरका अन्य सबै वडामा कम्तिमा एक जनाले ज्यान गुमाएका छन्।
काठमाडौँ महानगरपालिकामा हालसम्म २३ हजार ९ सय ६८ जनामा कोरोना संक्रमण देखिएको र ८ हजार ३ सय १४ जना सक्रिय संक्रमित रहेको महाशाखाले जनाएको छ। वडा-३, ९,१०,१३,१४,१५, १६, २६,३१ र ३२ मा हरेकमा कम्तिमा एक हजारभन्दा बढीलाई कोरोना संक्रमण भएको छ।