
अ
+
अ
अ
-
काठमाडौँ- समाजसेवीहरुको एक समूहले धादिङको चेपाङ्ग बस्तिका स्थानीयलाई लत्ताकपडा र खाद्य सामग्री प्रदान गरेका छन्।
ज्वाला संग्रौला,केदार बानियाँलगायतको समूहले न्यानो कपडा र खाली खुट्टामा चप्पलसहित मल , तेल, नुन , दाल , चिउरा, साबुनलगायतका सामाग्रीहरु सहयोग गरेका छन्।
सहयोगपछि बोल्दै संग्रौलाले राज्यस्तरबाटै गरिब चेपाङको संरक्षण र रेखदेख हुनुपर्ने बताए। ‘ यो हाम्रो सानो अभियानले गरिबलाई एक छाक भात मिल्नेछ भने सरकारले यिनीहरुको लागि केहि गर्नैपर्छ भन्ने पाठ सिक्नेछ भन्ने हाम्रो विश्वास छ’, संग्रौलाले भने।