मीन विश्वकर्मालाई दिल्ली लैजाने विषयमा सरकारले अहिलेसम्म निर्णय गरेन

मीन विश्वकर्मालाई दिल्ली लैजाने विषयमा सरकारले अहिलेसम्म निर्णय गरेन
+
-

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वमन्त्री एवं सांसद मीन विश्वकर्माको उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली लैजान सरकारसँग आग्रह गरेको छ।

कोरोना संक्रमणका कारण १२ गतेदेखि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका विश्वकर्माको स्वास्थ्यस्थित शनिबारदेखि थप जटिल बनेपछि कांग्रेसले दिल्ली नै लगेर भएपनि उपचार गर्न सरकारलाई आग्रह गरेको हो।

उनलाई शनिबारदेखि भेन्टिलेटरमा राखिएको र अवस्थता जटिल बनको अस्पतालले जनाएको छ। आइतबार बिहान कांग्रेस संगठन विभाग प्रमुखसमेत रहेका नेता गोपालमान श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई फोन गरी विश्वकर्माको उपचार गर्न दिल्ली लैजान आग्रह गरेका थिए।

स्वास्थ्यमन्त्रीसँग भएको कुराकानीबारे जानकारी दिँदै श्रेष्ठले भने, ‘मैले उहाँलाई मीनको उपचारका लागि दिल्ली लैजान आग्रह गरेको छु। उहाँले प्रधानमन्त्रीसँग कुराकानी गरेर फोन गर्छु भन्नुभएको छ।’

श्रेष्ठले पार्टी सभापति शेरबहादुर देउवालाई पनि विश्वकर्माको उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुराकानी गर्न सुझाव दिएको जानकारी दिए।

दलित समुदायका अग्रणी नेता दुवै संविधानसभाको सदस्य, अहिले पनि सांसद र मन्त्रीसमेत भइसकेका व्यक्तिको उपचारमा सरकारले विशेष ध्यान दिनुपर्ने नेता श्रेष्ठको दाबी छ। दिउँसो ४ बजेसम्म विश्वकर्मालाई उपचारका लागि दिल्ली लैजानेबारे सरकारबाट कुनै खबर नआएको उनको भनाइ छ।

विश्वकर्मालाई कात्तिक १ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएको ८ दिनसम्म होम आइसोलेसनमा बसेर उनी ९ गते वीर अस्पताल पुगेका थिए। त्यहाँ १२ गतेसम्म उपचार गराएर उनलाई थप उपचारका लागि ग्राण्डी लगिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?