
माेरङ– प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या १९ हजार ५ सय नाघेको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार प्रदेशभर ३ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ।
जसमा मोरङमा १ सय ८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र भोजपुरमा समान १ र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा ५३ महिला र ७० पुरुष गरी कुल १ सय २३ जनामा संक्रमण देखिएको छ। मोरङको उर्लाबारी नगरपालिकामा १६, पथरीशनिश्चरे नगरपालिकामा ११, सुन्दरहरैंचा नगरपालिकामा ९, बेलबारी नगरपालिकामा ८, बुढीगंगा र कटहरी गाउँपालिकामा समान ३, रंगेली नगरपालिकासँगै धनपालथान र ग्रामथान गाउँपालिकामा समान २, सुनवर्षी नगरपालिकासँगै कानेपोखरी, मिक्लाजुङ र केराबारी गाउँपालिकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
झापाको दमक नगरपालिकामा ३७, कमल गाउँपालिकामा १०, विर्तामोड र गौरादह नगरपालिकामा समान ४, कनकाई, शिवसताक्षी, मेचीनगर नगरपालिकामा समान २, बुद्धशान्ति, बाह्रदशी गाउँपालिका र भद्रपुर, अर्जुनधारा नगरपालिकामा समान १ र स्थानीय तह नखुलेका ४ जनामा समेत संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिकामा २८, इनरुवा नगरपालिकामा १०, धरान उपमहानगरपालिकामा ६, रामधुनी नगरपालिकामा ३, कोशी गाउँपालिकामा २, दुहबी र बराहक्षेत्र नगरपालिका, बर्जु र देवानगञ्ज गाउँपालिकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
उता उदयपुरको त्रियुगा नगरपालिकामा ५, चौदण्डीगढी नगरपालिकामा ४, कटारी नगरपालिकामा ५ र बेलका नगरपालिकामा १, धनकुटाको धनकुटा नगरपालिकामा ४ र महालक्ष्मीमा नगरपालिका १, इलामको चुलाचुली गाउँपालिकामा ३ र रोङ गाउँपालिकामा १, ओखलढुङ्गाको सुनकोशी, संखुवासभाको मादी नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका र भोजपुरमा समान १ र प्रदेश १ बाहिरका २४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। यससँगै प्रदेश भरमा कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ३२ पुगेको छ।
प्रदेशभर आइतबार २ सय ४७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्न होम आइसोलेसनबाट १ सय ९७, विराटनगरस्थित होटल एशियाटिक आइसोलेसनबाट २५, धनकुटास्थित जिल्ला अस्पतालबाट १०, विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ९, मोरङको झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रबाट ५, बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ९८ पुगेको छ।
प्रदेश १ मा आइतबार १ हजार ३ सय ९१ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये १ सय ३६ महिला र २ सय २१ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।
हालसम्म १ लाख ६१ हजार १ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको छ। त्यसैगरि प्रदेशमा हालसम्म ५५ महिला र १ सय ३२ पुरुष गरी कुल १ सय ८७ जना कोरोना संक्रमितको उपचार भइसकेको छ। जसमा प्रदेश १ बाहिरका २ महिला र १५ पुरुषसमेत रहेका छन्।