भारतसँग हवाई उडान सुरु गर्न नेपाली दुतावासले गरेको आग्रह सरकारद्धारा अस्विकार

भारतसँग हवाई उडान सुरु गर्न नेपाली दुतावासले गरेको आग्रह सरकारद्धारा अस्विकार
+
-

काठमाडौँ- भारतस्थित नेपाली दूतावासले आफ्ना नागरिक समस्यामा परेको भन्दै दुई देशबीच हवाई उडान सुरु गर्न लिखित आग्रह गरे पनि सरकारले अस्वीकार गरेको छ।

चैत ११ गते लकडाउन सुरु भएयता भारतसँगको हवाई उडान सुरु हुन सकेको छैन। दुई महिनाअघि भारतले दुई देशका नागरिक मात्र ल्याउन लैजान पाउने ‘एयर बबल्स’को प्रस्ताव नेपाल सरकारलाई गरेको थियो। त्यसको करिब एक महिनापछि भारतस्थित नेपाली दूतावासले पनि लिखितरुपमा आग्रह गरेको थियो।

पर्यटन मन्त्रालयले त्यसको प्रस्ताव मन्त्रिपरिषदमा लगेपनि अस्वीकार भएको बुझिएको छ। भारतसँगको सीमा नाका अझै बन्द छ। नेपालीहरुलाई आउन रोक नलगाइए पनि भारतीयलाई भने आउन दिइएको छैन।

भारतले चार्टर्ड उडानमार्फत नेपालबाट आफ्ना नागरिक लगिरहेको छ। तर नियमित हवाई उडान नहुँदा दुवै देशमा एक अर्काका नागरिक समस्यामा रहेको भारत सरकार र त्यहाँस्थित नेपाली दुतावासको बुझाइ छ।

‘दुई देशका नागरिक मात्र बोक्ने गरी एयर बबल्सको प्रस्ताव भारतले गरेको थियो। भारतस्थित नेपाली दूतावासबाट पनि त्यस्तो आग्रह भएको थियो’, पर्यटन मन्त्रालय स्रोतले भन्यो।

भारतले नोभेम्बर ३० तारिखसम्म सम्पूर्ण नियमित अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?