कोलकातासँग ६० रनले हार्‍यो राजस्थान

कोलकातासँग ६० रनले हार्‍यो राजस्थान
+
-

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति दुबईमा भएको खेलमा कोलकाता नाइट राइडर्सले शानदार जित दर्ता गरेको छ । कोलकाताले राजस्थान रोयल्सलाई ६० रनले पराजित गरेको हो ।

१९२ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेटको क्षतिमा मात्रै १३१ रन बनाउन सक्यो । उसका लागि जोस बट्लरले ३५, राहुल तेवाटियाले ३१, श्रेयस गोपालले २३ तथा बेन स्टोकले १८ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कोलकाताका प्याट कमिन्सले मात्रै ३४ रन खर्चेर चार विकेट लिए । यस्तै शिभम मावी र वरुण चर्कवर्तीले समान दुई–दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको कोलकाताले कप्तान इयान मोर्गनको नटआउट ६८ रनको सहयोगमा सात विकेटको क्षतिमा १९१ रन बनाएको थियो । उसका लागि राहुल त्रिपाठीले ३९, शुबमन गिलले ३६, आन्द्रे रसेलले २५ तथा प्याट कमिन्सले १५ रनको योगदान दिए ।

जितपछि चौथो स्थानको कोलकाताको १४ खेलबाट १४ अंक भएको छ । एक खेल कम खेलेका दोस्रो र तेस्रो स्थानका रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली क्यापिटल्सको पनि समान १४ अंक रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?