बैंग्लोर भर्सेज दिल्ली: जिते फाइनल पुग्न दुईपटक मौका, हारे लिग चरणबाटै बाहिरिने डर

बैंग्लोर भर्सेज दिल्ली: जिते फाइनल पुग्न दुईपटक मौका, हारे लिग चरणबाटै बाहिरिने डर
+
-

इन्डियन प्रिमियर लिग-आइपिएल क्रिकेटअन्तर्गत लिग चरणको आ-आफ्नो अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली क्यापिटल्स आपसमा भिड्दैछन्।

नेपाली समयअनुसार पौने ८ बजे सुरु हुने खेलमा जित हात पार्ने टोली दोस्रो भएर प्ले अफमा पुग्ने छ। लिग चरणका शीर्ष दुई टोलीले फाइनल पुग्न दुईपटक अवसर पाउँछन्।

१३ खेलपछि मुम्बई इन्डियन्सको १८ तथा बैंगलोर र दिल्लीको समान १४ अंक छ। कोलकाता नाइट राइडर्सको पनि १४ अंक छ। १३ खेल खेलेको सनराइजर्स हैदराबादको १२ अंक छ।

नेटरनरेटमा बैंग्लोर दोस्रो, दिल्ली तेस्रो र कोलकाता चौथो स्थानमा छ। पाचौँ स्थानमा रहेको हैदराबादको नेटरनरेट दोस्रोदेखि चौथोसम्म रहेका टोलीको भन्दा राम्रो छ।

हैदराबादले आफ्नो अन्तिम खेलमा मुम्बईको सामना गर्ने छ। त्यस खेलमा हैदराबाद विजयी भए तेस्रो स्थानमा उक्लने निश्चित छ। हैदराबाद पराजित भए बैंग्लोर, दिल्ली र कोलकाता पनि प्ले अफमा पुग्नेछन्।

कोलकाताको नेटरनरेट कमजोर रहेकाले बैंग्लोर र दिल्लीबीच हुने खेलमा पराजित हुने टोलीको प्ले अफ पुग्ने सम्भावना बलियो नै रहने छ। सामान्य अन्तरले पराजित भएर कोलकाताभन्दा अगाडि रहे सोमबार नै प्ले अफ पुग्ने निश्चित हुने छ।

बैंग्लोर र दिल्ली दुवैले पछिल्ला लगातार चार खेलमा हार ब्यहोरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?