
अ
+
अ
अ
-
काठमाडौंँ- काठमाडौँको कुलेश्वरमा एक बैंकको एटिएम फोडिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले माछापुच्छ्रे बैंकको एटीएम फोड्दै गरेको अवस्थामा कैलालीका प्रज्वल खाँणलाई पक्राउ गरेको हो। १७ वर्षीय खाँण कैलालको टिकापुर घर भई हाल बानेश्वरमा बस्दै आएका थिए।
वृत प्रमुख अपिलराज बोहराले शंकास्पद गतिविधि देखेपछि एटिएम खोलेर हेर्दा खाँड फोडेर पैसा निकाल्ने तयारीमा रहेको जानकारी दिए।