
मोरङ-प्रदेश १ मा कोरोना भाइरस कोभिड १९ का २ सय ५९ जना नयाँ संक्रमित थप भएका छन् ।
सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगरका अनुसार सुनसरीमा ९२, मोरंगमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा समान २, धनकुटा, भोजपुर र ताप्लेजुङमा समान १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण पुष्टि भएको छ।
सुनसरीको धरान उपमहानगरपालिकामा ५६, इटहरी उपमहानगरपालिकामा १७, कोशी गाउँपालिकामा ११, दुहवी र इनरुवा नगरपालिकामा समान २, देवानगञ्ज र भोक्राहा नरसिंह गाँउपालिकासंगै बराहक्षेत्र र रामधुनी नगरपालिकामा समान १ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।
त्यसैगरि, मोरंगको विराटनगर महानगरपालिकामा ३७, सुनबर्षी नगरपालिकामा ७, कटहरी गाँउपालिका र रंगेली नगरपालिकामा समान ६, सुन्दरहरैचा नगरपालिका ५, कानेपोखरी गाँउपालिकामा ४, लेटाङ नगरपालिकामा ३, रतुवामाई नगरपालिकामा २, उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकासंगै, केराबारी, धनपालथान, जहदा, बुढीगंगा, र ग्रामथान गाँउपालिकामा समान १, र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
झापाको विर्तामोड नगरपालिकामा १४, दमक नगरपालिकामा १२, कनकाई नगरपालिकामा ११, अर्जुनधारा नगरपालिकामा ५, शिवसताक्षी नगरपालिकामा ४, मेचीनगर नगरपालिका र कमलगाउँपालिकामा समान ३, बुद्धशान्ति गाँउपालिकामा २, भद्रपुर र गौरीगञ्ज नगरपालिकासंगै बाह्रदशी र झापा गाउँपालिकामा समान १, र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पनि पोजिटिभ आएको मन्त्रालयले प्रष्टाएको छ।
उदयपुरको त्रियुगा नगरपालिका र स्थानीय तह नखुलेकामा समान १, ते¥हथुमको छथर गाँउपालिका र म्याङलुङमा नगरपालिकामा १, संखुवासभाको सभापोखरी गाँउपालिका र स्थानीय तह नखुलेकामा समान १, इलामको सुर्योदय नगरपालिका र स्थानीय तह नखुलेकामा समान १ र ओखलढुङ्गाको मानेभन्ज्याङ गाँउपालिका र स्थानीय तह नखुलेकामा समान १, धनकुटाको पाख्रिबास नगरपालिकामा १, भोजपुरको साल्पासिलिछो गाँउपालिकामा १, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यससंगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ९१ पुगेको छ।
प्रदेशमा सोमबार ४ सय ४९ जना संक्रमित निको भएर डिस्चार्ज भएकाछन् । प्रदेशका विभिन्न होमआईसोलेसनबाट ४ सय १५, झापास्थित मेची अस्पतालबाट २, मोरंगको सुन्दरहरैचा नगरपालिकास्थित कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १७, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको होटल एशियाटिक आईसोलेसनबाट समान १, सुनसरीको इटहरी आईसोलेसन केन्द्रबाट १३ जना संक्रमित डिस्चार्ज भएका हुन्। हालसम्म ११ हजार ५ सय ४७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।
यससंगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ९२ जना पुगेको छ । जसमा ५५ महिला र १ सय ३७ पुरुष रहेकाछन् । प्रदेश १ मा सोमबार १ हजार २ सय ७२ जनाको पिसिआर परीक्षण गरिएको थियो।
परीक्षण गरिएका मध्ये ९९ महिला र १ सय ६० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ६२ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।